ट्वान्टी–२० सिरिजमा पारसको कीर्तिमानी शतक, सिंगापुर ९ विकेटले पराजित

18

काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ । सिरिजको दोस्रो खेलमा नेपालले सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित हात पारेको हो । कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुर पराजित गरेको हो ।

इन्डियन एसोसिएसन मैदानमा घरेलु टोली सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य १६ ओभरमै भेट्टाउने क्रममा कप्तान पारसले ५२ बल खेल्दै अविजित १०६ रनको योगदान गरे । उनले ७ चौका र ९ छक्का प्रहार गरे । पारसले १५ औं ओभरको अन्तिम बलमा सिंगापुरका कप्तान तिमोथी डेविडको बलमा छक्का प्रहार गरी ४९ बलमा शतक पूरा गरेका हुन् ।
ट्वा

न्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पारस पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि असार २८ मा मलेसियासँगको मैत्रीपूर्ण शृंखलामा पारसले सर्वाधिक ६ रनको इनिङ्स खेलेका थिए । ट्वान्टी–२० क्रिकेटमा भने यसअघि यो कीर्तिमान महबुव आलमको नाममा थियो । उनले सन् २०११ को एसीसी ट्वान्टी–२० कपमा साउदी अरेबियाविरुद्ध ८८ रनको इनिङ्स खेलेका थिए ।

कप्तान पारस र ओपनर आरिफ शेखबीच दोस्रो विकेटमा १ सय ४५ रनको अविजित साझेदारी भयो । कप्तानलाई राम्रो साथ दिएका आरिफले ३८ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो। कप्तान तिमोथीले अविजित ६४ रन जोडे। उनले ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ट्वान्टी–२० अन्तर्रा्ष्ट्रियमा सिनियर टिमबाट डेब्यु गरेका बलर सुशन श्रेष्ठको बलमा बोल्ड हुनुअघि सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३५ रन बनाए । एक खेलबाट अंक विहिन सिंगापुर तालिकाको पुछारमा छ ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै, बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

समाचार वर्गहरू