काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहँदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठुला दलका ठुला नेताहरूले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन्।
शिर्ष राजनीतिक दलका शिर्ष नेताहरुले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छौँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरु हराउने उनको दाबी थियो ।
गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताउँदै उनले राजनीतिक दलहरुका नेताहरुले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताए ।