ठेकेदार र पिआर लिएकाले चुनाव लड्न नपाउने

7

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवारका लागी १९ बुँदे योग्यता तोकेको छ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो ।

जसअन्तर्गत् नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, एक्काइस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको स्वघोषणा गर्नुपर्ने हुन्छ ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको स्वघोषणा गर्नुपर्नेछ ।

स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, पीआर नलिएको हुनुपर्नेछ ।

समाचार वर्गहरू