काठमाडौं – डडेलधुराको जोगबुडा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले शनिबार एक कार्यक्रमकाबिच एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
उक्त एम्बुलेन्स सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य निर्देशनालयबाट प्राप्त भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।
न्यौपानेले अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीलाई उक्त एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
जोगबुडा अस्पतालमा एम्बुलेन्स नहुँदा विगत देखिनै बिरामी ओसारपसारमा कठिनाई भएको थियो ।