काठमाडौं – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बिहीबार दिउँसो गोठालो गएर फर्किँदा खोला तर्ने क्रममा उनी बेपत्ता भएकी थिइन्।
स्थानीय खहरे खोलाले बगाएर आज दिउँसो उनको ज्यान गएको हो । घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेको छ ।