काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार (आज) डायलाइसिस गरिने भएको छ ।
प्रधानमन्त्री ओलीलाई डायलाइसिस गराउन मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइसकिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर र्पुयाइएको हो ।
प्लाज्मा फेरेसिसले काम नगरेपछि प्रधानमन्त्री ओलीले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गराउँदै आएका छन् ।