डा.आरजु राणा देउवा खुला महिलाबाट केन्द्रीय सदस्य उम्मेदवार

39

काठमाडौँ – नेपाली काँग्रेसका निवर्तमान सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेस नेतृ डा. आरजु राणा देउवा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् ।

उनी खुला महिलातर्फको आरक्षण कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् ।

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएकी राणाले सभापतिका उम्मेदवार आफ्ना श्रीमान शेरबहादुर देउवाको प्यानललाई नै मत मागेकी छन् ।

विभिन्न सामाजिक संघसंस्था तथा राजनितीमा विगत देखिनै सक्रिय राणा वौद्धिक एवं विकासवादी नेताको रुपमा परिचित छिन् ।

 

समाचार वर्गहरू