(डोटी) – डोटिको केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित सिताराम बिद्यालयको क्वारेन्टाइनमा १९ वर्षीय एक युवकको आइतबार बिहान मृत्यु भएको छ । वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । उनी लामो समयदेखि मुटुको रोगी भएको बोहराले जानकारी दिए ।
गत जेठ २० गते भारतको दिल्लीबाट नेपाल आएका उनलाई स्थानीय सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । मृतक विगत ‘१२/१३ वर्षदेखि छोरा रोगी भएको र उपचारका लागि जग्गा बेचेर भारतका विभिन्न अस्पतालहरुमा गरेको धाएको पारिवारिक स्रोतले बतायो ।
पहिले पनि यस्तै लक्षण देखिने गरेकाले आफूहरुले सामान्य नै होला भनेर स्वास्थ्यकर्मीलाई नबोलाएको मृतकका बाबुले बताए । मृतकका बुवा बिहानैदेखि क्वारेन्टाइनमा बसेका छन् ।
मृतक युवाको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले जानकारी दिए