(डोटी) – डोटीमा उपनिर्वाचन लक्षित गरी राखिएका दुई वटा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुई वटा बम फेला परेको हो ।
आर्दश गाउँपालिकाको वडा नम्बर २ को कुचेडा र करीब किलोमिटरको दुरीमा रहेको जंगलमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । वडा अध्यक्ष पदका लागि २ नम्बर वडामा मतदान जारी छ ।