डोटीमा घर भत्किँदा चार जनाको मृत्यु

23

डोटी – डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

स्थानीय ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

घाइते हुनेमा लोवे घरमुली लोगे लुहार सहित ५२ वर्षीय आमा पाना लुहार ५५ वर्षीया सासुआमा झिगंरी विक, सा १३ वर्षीय साला इन्द्र विक र २ वर्षीया छोरी अस्मिता लुहार रहेका छन् ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ । पुरानो घर भएकाले निरन्तर परेको पानीका कारण भत्केको हुनसक्ने प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू