डोटीमा सरकारी गाडी दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

5

काठमाडौं – डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा बा १ झ ९४३४ नम्बरको सरकारी गाडी बुधबार बेलुकी ६:३० बजे दुर्घटना भएको हो।

दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामापरी घाइते हुनेहरूमा वीरबहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू