काठमाडौं – हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन् । संघ र प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका हुन् ।
कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त भएका छन् । मङ्गलबार भएको मन्त्रिपरिषद विस्तारमा डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका हुन् ।
यसैगरी डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री भइसकेका छन् ।