काठमाडौं – सहयात्री नेताहरुले समाजवादी मोर्चा घोषणा गर्न लागेको बेला वामदेव गौतम भने शर्तसहित एमालेमा जान चाहिरहेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेमा फर्कन लिखित सर्त राखेर उनी एमालेमा जान चाहेका हुन् ।
उनले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित फर्किने सर्त राखेका छन् । नेता गौतमले पार्टीमा आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरी जिम्मेवारी पाउनुपर्ने लिखित दस्तावेज ओलीसमक्ष पेश गरेर फर्केका थिए ।
उनले दस्तावेजमा कृषिक्रान्ति, कृषिको औद्योगिकीकरण, देशको विद्युतीकरणदेखि जुवातास बन्द गर्ने, आगामी १० वर्षमा नेपालबाट बेरोजगारी समाप्त गर्ने, नागरिकले सरकारका सबै निर्देशन टेर्नुपर्ने, हरेक व्यक्तिले बिहान १ घन्टा, बेलुका १ घन्टा अनिवार्य व्यायाम गर्नुपर्ने, चोरी ठगी गर्न नहुने, ढाँट्न नपाइनेलगायत एजेन्डा अघि सारेका छन् ।
पुर्ण पाठ –
[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/06/Bamdev-Gautam-Document.pdf”]