तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

86

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्।

निवर्तमान अध्यक्ष विद्वान गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त स्थानमा पार्टी नेतृत्वले कोइरालालाई जिम्मेवारी सुम्पिएको हो।

नवनियुक्त अध्यक्ष कोइराला लामो समयदेखि विद्यार्थी राजनीति र पार्टीका विभिन्न तहमा सक्रिय रहँदै आएका थिए।अध्यक्ष कोइरालाले आफ्नो कार्यकालमा संगठनलाई नयाँ उचाइमा पुर्‍याउने र युवाहरूको आवाजलाई मुखरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचार वर्गहरू