तरुण दलको समयावधि ६ महिना थप

30

(काठमाडौं) – नेपाली कांग्रेसले तरुण दलको समयावधि छ महिना थप्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले तरुण दलको समयावधि छ महिना थप्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने निर्णयलाई अनुमोदन गरेको छ । पार्टी सभापति देउवाले आवश्यक परामर्श गरी नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न नेपाल तरुण दललाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

काँग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न तयार गरिएको कार्यतालिका कार्यान्वयनका लागि विधान बमोजिमको अधिकार प्रयोग गरी विधानका केही दफालाई पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुनेगरी निलम्बन गरिएको छ । उक्त निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले पार्टीको अन्तरिम संरचना समायोजन यही पुस मसान्तभित्र गरी सक्ने, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण अगामी माघ देखि २०७७ वैशाख मसान्तसम्म गरी सक्ने निर्णय गरेको छ । यस्तै, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र २०७७ जेठ १ गतेदेखि असार १५ गतेभित्र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि तोकेको छ ।

यसैगरी २०७७ साल असार १६ गतेदेख असार मसान्तभित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने, २०७७ साल साउन १५ गतेभित्र उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

बैठकले २०७७ साल श्रावण १५ गतेदेखि श्रावण मसान्तसम्म क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नुपर्ने, २०७७ भाद्र मसान्तभित्र उजुरी÷पुनरावेदनउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने र २०७७ आश्विन मसान्तसम्म नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि तोकेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू