ताप्लेजुङमा पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु

5
फाइल फोटो

काठमाडौं – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम भइरहेको रावलले बताएका छन् ।

यसअघिसिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी काठेपुल बगाएकोले उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू