(काठमाडाैं) – सरकारले पर्यटन प्रवर्धनमा काम गर्दै आएको काठमाण्डौंको तारा गाँउ समितिको अध्यक्षमा प्रलाद न्यौपानलाई मनोनित गरेको छ ।
देशका ४ भन्दा बढी ठाउँमा तारा गाउँ रिसोर्ट होटल सञ्चालन गर्नुका साथै होम स्टे र पर्यटन प्रवर्धनमा काम गर्दै आएको समितिको ४ वर्षे कार्यकालका लागि न्यौपानेलाई नियुक्त गरिएको हो ।
पर्यटन प्रवर्धनमा काम गर्दै आएका न्यौपानेले पर्यटन, होटल व्यवसाय र होम स्टे मार्फत युवाहरुलाई समृद्ध बनाउने कार्यमा आफु केन्द्रित रहने बताए ।
पर्यटन वर्ष सुरु हुनै लाग्दा आफू मनोनित भएकाले कार्यभार धेरै भएको र सफलता हासिल गर्ने आशा र विश्वास बढी भएको न्यौपानेले बताए ।