तिज विशेष – शितल निवासमा विशिष्ट महिलाहरुलाई खुवाइयो दर

79

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपतिसहित विशिष्ट महिलाहरुलाई दर खुवाएका छन्।

तीजको उपलक्ष्यमा मंगलबार राष्ट्रपति भवनमा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा, सांसदहरु, पूर्वमहिला सांसद तथा संवैधानिक नियोगका महिला पदाधिकारीलाई दर खुवाएका हुन्।

प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा  मंगलबार आयोजना गरेको हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै गएको बताए।

उनले भने, ‘‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ। महिलाको अवस्था अब यस्तो छैन भन्ने मलाई लाग्दछ। नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ। महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदैछ। तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ।’’

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्रीहरू, महिला सांसद, विभिन्न ओहोदामा रहेका उच्च पदस्थ महिला अधिकारीको उपस्थिति थियो।

समाचार वर्गहरू