तिपेनी सव-स्टेशन सुचारु गर्न कुलमानलाई नेपाली काँग्रेस इन्द्रावतीको ज्ञापन पत्र

493

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसीङलाई ज्ञापनपत्र बुझाइएको छ ।

सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नं २ को पाँचपोखरी थाङपाल गाउँपालीका -८ तिपेनीस्थित हेलम्बु-मेलम्ची वितरणकेन्द्र अन्तर्गतको ‘तिपेनी सव-स्टेशन’ सुचारु गर्न नेपाली काँग्रेस इन्द्रावती गाउँपालीका कार्यसमितिले निर्देशक घिसिङको ध्यानाकर्षण गराएको हो ।

गतसाता अविरल बर्षाका कारण आएको बाढी पहिरोका कारण उक्त सव-स्टेशनमा क्षती पुगेपछी विद्त उत्पादन तथा प्रशारण बन्द भएको थियो ।

सो सव-स्टेशन बन्द हुँदा इन्द्रावती करिडोर अन्तर्गतका आम उपभोक्ताका अलावा व्यापारी तथा क्रसर व्यसायी समेत मर्कामा परेकोले सो सव-स्टेशन यथाशिघ्र सञ्चालन गर्न माग गरिएको नेपाली काँग्रेस इन्द्रावती गाउँपालीका सभापती जिवनकुमार थापामगरले बताए ।

उनका अनुसार सो सव स्टेसनका कारण इन्द्रावती करिडोर बन्दहुँदा राजश्व संकलनमा राज्यलाइ नोक्सानी हुनुको अलावा इन्द्रावती गाउँपालीकाले करिब ११ करोड घाटा व्यहोर्नुपर्ने भएको छ ।

‘इन्द्रावती गाउँपालीकाले पटक-पटक इन्द्रावती नदीको ‘दहत्तर-बहत्तर’ ठेक्काको सुचना निकाल्दा समेत टेण्डर प्रक्रियामा कोहिपनी भागलिन इच्छुक नहुँदा गाउँपालीकालाई करिब ११ करोड राजश्व घाटाहुने स्थिती रहेको अवगत गराउन चाहन्छु।’ ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै निर्देशक घिसीङले आजैबाट उक्त सव-स्टेशन सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएको सभापति थापामगरले बताए । निर्देशक घिसीङले आवश्यक कार्य अघी बढाउन तोक आदेश गरेको उनले बताए ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काँग्रेस इन्द्रावती गाउँपालीका सभापती जिवनकुमार थापामगर सहित सह-सचिव द्वय ऋषिराम आचार्य र दिनेश खरेलको सहभागीता रहेको थियो ।

समाचार वर्गहरू