तीन सांसदले फिर्ता लिए मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव

22

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। हस्ताक्षर फिर्ता लिनेसांसदहरुमा जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन्।  उनीहरूले नेकपाको सांसद भएर आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै फिर्ता लिएको बताएका छन्।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये यसअघि कला घले र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिइसकेका छन्।

हालसम्म अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ५ जना सांसद पुगिसकेका छन्। ५ जना सांसदले अविश्वासको प्रस्ताव फिर्ता गरेसँगै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या ३२ जना भएको छ।  ९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६७ सिट  छ। प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि सुरू हुंदैछ।

समाचार वर्गहरू