तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न

22

काठमाडौं – खेल, खेलाडी संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतिसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार सम्पन्न भएको छ । भर्चुअल आयोजना भएको कार्यक्रममा विज्ञले गरेको प्रस्तुतीमा छलफल पनि भएको थियो ।

खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसंग सम्बन्धित गतिविधिबारे जानकारी दिन यस्तो कार्यक्रम हुने गरेको छ । कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आफ्नो प्रस्तुति दिएका थिए ।

सो अवसरमा परेराले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालय स्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको बताए । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन फ्युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्ने क्रममा अहिलेको समयमा वातावरणको विषय सबैभन्दा गहन भएको बताउ“दै यसबारे सहजगता जगाउन खेल क्षेत्रले सबैभन्दा बढी भूमिका खेल्नु पर्ने बताए ।

उनले अब विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्वपूर्ण मुद्दा भएको बताए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै, राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सुरुमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको भन्दै अब नेपाली खेलकुदका प्रतियोगिता आयोजना सुरु हुने बताए । त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको उनले बताए ।

समाचार वर्गहरू