त्रिभुवन विमानस्थलबाट अमेरिकी डलर सहित एक पक्राउ

13

(काठमाडौं) – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ओमन एयरको उडानद्वारा दुबई जान लागेका भारतीय नागरिक ३५ वर्षीय सत्य नारायण रामाचार्यलाई लुकाइ छिपाइ लैजान लागेको २५ हजार अमेरिकी डलर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलको प्रस्थान तर्फको हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा रामाचार्यलाई ह्याण्ड व्यागभित्र पत्रिकाले बेरी लुकाइ लैजाने लागेको १ सय दरका उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

नलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

समाचार वर्गहरू