काठमाडौं – कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ ।
परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।
यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम छुटेका विद्यार्थीलाई असार १५ सम्म फारम भर्ने समय दिएको छ ।
परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्न/भराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्याइ परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।
सूचना :