चितवन – बिरामी बोकेर काठमाडौं जाँदै गरेको भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला परेको छ ।
प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला नजिकबाट त्रिशूलीमा नदीमा खसेको थियो ।
प्युठानको झिमरुक गाउँपालिका-१ की ३३ वर्षीया जमुना रोक्का र भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको हो । उनीहरुको शव भ्यानभित्रै भेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१५ वर्षीया जिनिसा रोक्काको खोजी जारी छ । जिनिसा बिरामी थिइन् । लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशुलीमा नदीमा खसेको थियो ।
दुर्घटना भएपछि उद्धारका लागि नेपाल प्रहरीका साथ कुरिनटारमा रहेको सशस्त्र प्रहरीको शिक्षालयका गोताखोरहरु खोजी र उद्धारमा जुटेका थिए ।