थप उपचारका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुने

20

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि शनिबार पुनः अस्पताल भर्ना हुने भएका छन् । उनको मिर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको हो छ । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका छन् ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल गएका थिएनन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।

उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ । सिंगापुरबाट फर्किएपछि नै सार्वजनिक कार्यक्रममा निकै कम जान थालेका प्रधानमन्त्री ओलीले बालुवाटारमै बसेर सक्रियता बढाएका छन् । चिकित्सिकले नै धपेडी हुने काम नगर्न उनलाई सुझाव दिएका हुन् ।

समाचार वर्गहरू