थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७

56

(काठमाडौं) – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय २७ पुगेको । बुधबार थप २५ जनामा कोरोना संक्रमिण देखिएसँगै संक्रमितको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले विभिन्न जिल्लामा गरी आज थप २५ जनामा संक्रमण देखिएको बताए । आज थप भएका २५ जना संक्रमित मध्ये १८ जना पुरुष र ७ जना महिला छन् ।

यी मध्ये बाँकेको नरैनापुरका गाउँपालिका–५ का ६ जना पुरुषहरु १७, २०, २८, ३० र ४० वर्षका रहेका छन् भने खजुरा गाउँपालिका–५ का एक २७ वर्षका पुरुष रहेका छन् । धनकुटाका ५ जना संक्रमित मध्ये २८, २९, ३७, ३५ वर्षका पुरुष र २४ वर्षीय एक महिला रहेको मन्त्रालयका प्रवक्ता देवकोटा बताए ।

यस्तै कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का २६ वर्षीय १ जना पुरुष कोरोना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले जानकारी दिए । कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित क्वारेन्टाईनमा रहेका ३ जना पुरुष २२, ३५ र ४८ वर्षका रहेका छन् । महाराजगञ्ज गाउँपालिकामा ३, ४, र ६ वर्षका बालबालिका छन् ।

यस्तै, १६, २५, ३२ वर्ष उमेर समूहका युवती रहेका छन् । १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ । कोरोना संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । ४५ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षण भएको प्रवक्ता देवकोटाले जनाएको छ ।

समाचार वर्गहरू