थप ३६ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ५८४

43

(काठमाडौं) – शनिबार अपरान्ह ३६ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अब कोरोना संक्रमितको कूल संख्या पाँच सय ८४ पुगेको छ।

सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

समाचार वर्गहरू