(काठमाडौं) – बिहीबार थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा संक्रमण देखिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् भने सबैको अवस्था सामान्य रहेको छ ।