काठमाडौं – नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १४ हजार ५६२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ५ हजार ९२४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ।
त्यस्तै संक्रमित घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ। नेपालमा ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आज शनिबार देशभर दुई लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
