काठमाडौं – विगत २४ घण्टामा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ ओटा पीसीआर गरिएकोमा ३ हजार ५४० जना र ५ हजार ३४३ ओटा एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।
यो अवधिमा ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्त हुने दर ८२ दशमलव ८ प्रतिशत पुगेको मन्त्रालयले बताएको छ। उक्त अवधिमा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।