काठमाडौ – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा टुङ्गिएको हो ।
दुबै टोलीले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । आजको खेल बराबरीमा सकिएसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् ।