काठमाडौं – दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो।
योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो। दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ।
१७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए।
दुर्घटनाको कारण स्पष्ट नभए पनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको अप्रमाणित फुटेजमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसको केही भाग एकाएक विस्फोट हुन्छ।आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडिरहेको समेत देखिन्छ। एजेन्सी