एजेन्सी – दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकार अमेरिकाको भ्रमणमा गएका छन् । कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाका विषयमा आवश्यक परामर्शका लागि सल्लाहकार चुन एइ योङ मंगलबार अमेरिका गएका हुन् । उनले बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालयका रोबर्ट ओ बरिनसँग कोरियाली प्रायद्वीपको बारेमा छलफल गर्नेछन् ।
दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको माध्यमबाट दिगो शान्ति स्थापनाको समाधान खोजिरहेको छ । तर, उत्तर कोरिया र अमेरिकाको पछिल्लो वार्तापछि पनि त्यहाँ शान्ति स्थापनाको काम हुन भने सकिरहेको छैन ।
चुन अमेरिकापछि जापान जाने दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।
रासस