काठमाडौं – दमकमा छुरा प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा इलाम चुलाचुली–३ का ३८ वर्षीय गोविन्द लिम्बू छन् ।
उनलाई शुक्रबार बिहान दमक नगरपालिका–१ स्थित कुमाल चोकमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानबाट दमक– ७ का २५ वर्षीय सनम राईले उनीमाथि छुरी प्रहार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
छुरा प्रहारबाट लिम्बूको घाँटी, पाखुरामा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते लिम्बूलाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
सँगै बसेका केहीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सनमसहित केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्यभइरहेको प्रहरीको भनाइ छ ।