दशैंका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरू (फोटो फिचर)

14

काठमाडौं – सरकारले दशैंका लागि खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

कम्पनीको कार्यालय थापाथलीमा आजैबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण सुरू भइसकेको छ ।

उँदो खसीको मूल्य प्रतिकेजी ५ सय ५० र जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जनाएको छ । दशैंका लागि सरकारले मुस्ताङबाट च्यांग्रा ल्याएको हो ।

दशैंका लागि ल्याएको खसीबोका आइतबारदेखि नै बिक्री भइरहेको छ । सर्वसाधारणले थापाथलीस्थित बिक्री केन्द्रमा गई च्यांग्रा खरिद गरिरहेका छन् ।

मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको प्रबन्ध निर्देशक गौचनले बताए । दशैंमा खसीबोका आपूर्तिका लगि यति खसीबोका तथा च्याङ्ग्रा पर्याप्त नभएपनि उपभोक्तालाई वास्तविक मूल्य जानकारी दिने उद्देश्यले मूल्य तोकिएको उनले बताए ।

समाचार वर्गहरू