काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु बिदाका दिन पनि खुला रहने भएका छन् । आयोगका प्रवक्ता वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा दिउँसो ११ देखि २ बजेसम्म सबै कार्यालय खुला रहने जानकारी दिएको हो ।
आमनागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका उजूरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमन समेत गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।