दाङको दुईवटा मतदान केन्द्रमा मतदाता गर्न कोही पनि आएनन : मतदान अधिकृत खड्का

16

रूपन्देही । दाङको दुईवटा मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाता मतदान गर्न उपस्थित भएका छैनन्। दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई र वडा नम्बर १ मा अवस्थित जनता मावि जिला मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाता निर्वाचनमा सहभागी नभएको दाङका मतदान अधिकृत टेकबहादुर खड्काले  बताएका छन् ।

चुनाव आउनुभन्दा एक महिना अगाडिदेखि बस्ती स्थानान्तरण नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका स्थानीयहरू आफ्नो गुनासो राज्य पक्षबाट सुनवाई नभएपछि चुनावमा सहभागी नहुने अडानसहित निर्वाचन बहिष्कार गरेको बस्ती स्थानान्तरण सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारू मगरले बताएका छन् ।

निर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित सबै ब्यवस्था मिलाइएको छ । मतदानमा खटिएका कर्मचारीहरु विहान सातै बजेबाट तयारी अवस्थामा बसेका छन् तर पनि मतदान गर्न मतदाता उपस्थित नभए पछि त्यहाँको मतदान प्रक्रिया प्रभावित भएको देउती मावि मलईका मतदान अधिकृत टेकबहादुर खड्काले बताए । जहाँ पाँचसय ३० मतदाता छन् । दाङका प्रमुख जिल्ला अधिकारी  विश्वप्रकाह अर्यालले अहिसम्म कोही मतदाता नआएको जनाए ।

समाचार वर्गहरू