काठमाडौं – दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ ।
उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।
उद्योगमा लागेको आगो ठूलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आए पनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।
उद्योगमा लागेको आगलागीकाबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । आगलागीको थप विवरण आउने क्रम जारी छ ।