दार्चुला – जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन फ्रुट खेती सुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनियरहरु मिलेर ड्रागन फ्रुट खेती सुरु गरेका हुन् ।
कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गरे महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनियर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामी लगायतको टोलीले ड्रागन फ्रुट खेती सुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती सुरु गरिएको इन्जिनियर महेन्द्र सिंहले जानकारी दिए ।