दाहालको अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतले बोल्न नहुने थियो – गगन थापा

6
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा अवराेध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस भएको बताए ।

उनले प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्न नहुने र शोभनीय नभएको टिप्पणी गरे ।

महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरूले आउँदाे केन्द्रीय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका बताए ।

बैठकमा जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुति र प्रगतिको समीक्षा गर्दै बढीभन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।

पार्टीका नेताहरू भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोररूपमा उभिन आग्रह गरेका छन् । राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा बैठकमा राखेको महामन्त्री थापाले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू