दाहालविरुद्धको अदालतको अवहेलना मुद्दाको पेसी सऱ्यो

32

काठमाडौं – नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्चले जनाएको छ । दाहालविरुद्ध कानुन व्यवसायी समीर हायूले अदालतको अवहेलना गरेको भन्दै हिजो निवेदन दर्ता गराएका थिए ।

निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभामा बोल्नुका साथै न्यायाधीशलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

समाचार वर्गहरू