एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।
हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।
दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए । कागिसो राबडा १५ रनमा अविजित रहे ।
ओपनर डेविड वार्नर ४५ रनमा आउट भए । ३३ बल खेली ३ चौका र २ छक्का प्रहार गरेका उनले बेरिस्टोसँग पहिलो विकेटमा १० ओभर भित्र ७७ रन जोडे । मनीष पाण्डेले ३ रनमात्र बनाउन सके । अब्दुल समाद ७ बलमा १ चौका र १ छक्का प्रहार गरी १२ रनमा अविजित रहे ।
भेट्रान स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले त्यसका लागि ४ ओभरमा ३५ रन खर्चे । चोटका कारण अघिल्लो दुई खेल गुमाएका इशान्त शर्माले ३ ओभरमा २६ रन खर्चे ।
रशिद खानले ३ र भुवनेश्वर कुमारले २ विकेट लिएपछि हैदराबादले मंगलबार दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । बुधबार पहिलो दुई खेल जितेका राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।