दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा

37

एजेन्सी – दिल्ली क्यापिटल्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

एलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको हैदरावादको तेस्रो पटक फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । २०१६को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो । जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए । मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए । जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए ।

बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । यस्तै, मार्कुस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलको नाममा एक विकेट रह्यो ।

त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गर्ने कप्तान श्रेयस अय्यरको निर्णयलाई ब्याट्सम्यानहरुले सही सावित गर्दा दिल्लीले ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले अर्धशतक प्रहार गरे ।

शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै, मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए । हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए ।

समाचार वर्गहरू