काठमाडौँ – पश्चिम नवलपरासीको गण्डक नहरमा दुई बच्चासहित हाम फालेकी महिलाको शव भेटिएको छ ।
नहरमा हाम फालेको स्थान भन्दा एकसय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनैजना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
मंगलबार दिउँसो २ बजेतिर सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई काखमा लिएर हाम फालेकी थिइन् ।
उनको जनपथ र सशस्त्र प्रहरीको टोलीले खोजी गरी मृत अवस्थामा फेला पारेको हो । ती महिलाको मानसिक सन्तुलन सामान्य नरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् ।