दुई थान पस्तोल सहित सिरहाबाट एक पक्राउ

18

(सिरहा) – सिरहाबाट दुई थान पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका ३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पेस्तोल सहित पक्राउ गरेको हो ।

उनको साथबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

समाचार वर्गहरू