काठमाडौं – निर्वाचन आयोगले अब दुई पटकभन्दा बढी समानुपातिक सांसद हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ ।
उक्त मस्यौदामा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख गरिएको छ ।
यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उम्मेद्वार अनिवार्य उठाउनुपर्ने व्यवस्था गरिने प्रस्तावपनि ल्याएको छ।