दुर्गा प्रसाईंका परिचालन समितिका संयोजक संग्रौला पक्राउ

157

काठमाडौं – दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  भैंसेपाटीबाट पक्राउ गरेको जनाएको छ।

झापा घर भएका देवी संग्रौलालाई प्रहरीको विशेष टोलीले सोमबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो।विभिन्न संस्था तथा पार्टीका तर्फबाट राजावादीहरूले संयुक्त आन्दोलन गर्न परिचालन समिति बनाएका थिए। संग्रौलालाई प्रसाईंको तर्फबाट सामेल गरिएको थियो।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका संग्रौलालाई पनि प्रहरीले पक्राउ गरेको हो। यसअघि प्रसाईंको सुरक्षा दस्ताका ४ जना पनि पक्राउ परिसकेका छन्।

सहयोगीहरू पक्राउ परिरहँदा त्यो कार्यक्रमका कमान्डर प्रसाईं भने त्यसै दिन कार्यक्रम नसकिँदै फरार भएका थिए। अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गरेको छैन।

समाचार वर्गहरू