काठमाडौं – प्रहरीले दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई पक्राउ गरेको छ ।
उनलाई कोटेश्वर पेरिसडाँडाबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनी पनि राजा फर्काउने अभियानका अभियन्ता हुन् ।
पेरिसडाडास्थिपत राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको स्रोतले जनाएको छ ।
आइतवार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताए ।
ती अधिकारीले भने- राकेश प्रसाई दुर्गा प्रसाईजस्तै अन्टसन्ट बोलेर सामाजिक संजालतिर भाइरल भइरहेका व्यक्ति हुन् । उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो । मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला ।