दुर्व्यवहार गर्नेमाथि ट्रेड युनियन कांग्रेसको कारबाहीको माग

9

काठमाडौं – नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुख ईन्जिनियर राजेश कुशवाहामाथी भएको दुर्व्यहारको निन्दा गर्दै दोषिमाथी कडा कारबाहीको माग गरेका छन् ।

शुक्रबार युनियनले प्रेस विज्ञप्ति जारी गर्दै इन्जिनियर कुशवाहाको लुगा च्याती हातपात गर्दै नगर परिक्रमा गराउदै अमानवीय व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्ताहरुलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

युनियनका कार्यवाहक महासचिव गणेश बहादुर के.सि.द्घारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – देशमा कानुन हुँदा हुँदै कानुनलाई हातमा लिई उदण्ड , अराजक एवं उछृङ्खल गतिविधिमा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दछ ।

उक्त घटनाको विरोध गर्दै ट्रेड युनियन कांग्रेस धनुषा जिल्ला समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको अध्यक्ष महावीर दासले जानकारी दिए ।

इन्जिनियर सम्बद्ध संघसंगठनहरुले पनि शुक्रबार काठमाडौ र जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

समाचार वर्गहरू