काठमाडौं – विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सुरुमा ‘सानो मन्त्रीमण्डल’ गठन गर्ने सहमति गरेको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको कोटेश्वस्थित निवासमा बसेको पाँच दलीय विपक्षी गठबन्धनको बैठकले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने सहमति गरेको नेता बालकृष्ण खाँडले जानकारी दिए ।
उनकाअनुसार बैठकमा दलहरूको सहमति र सहकार्यलाई अगाडि लैजाने तथा मिलेरै सरकार चलाउनुपर्ने विषयमा छलफल भएको थियो ।उनले शीर्ष नेताहरूबीच भोलि (मंगलबार) पनि बैठक बस्ने जानकारी दिए ।